थप समाचारसोमबार, माघ ६, २०७०
दाङमा दँगीशरण विवाह (फोटो फिचर)
थारु समुदायले दाङ, नारायणपुर–७ उत्तरअमराईमा दँगीशरण विवाह महोत्सव मनाएका छन् । महताँवा महासंघ नारायणपुर ईकाइ समितिले ‘दँगीशरण विबाह महोत्सव’ आयोजना गरेको हो ।
थारु जातिका पुराना राजा दँगीशरणको नामबाट विवाह महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा थारु जातिले विवाह गर्दा अपनाउने सम्पूर्ण परम्परा प्रदर्शन गरिएको थियो । थारु जातिले प्रयोग गर्ने गरगहना, भाँडाकुँडा, पोशाकदेखि विवाहको बेलामा गाईने गीत र नाचिने नाँचको समेत महोत्सवमा प्रदर्शन गरिएको थियो ।
दँगीशरण राजा दाङमा थिए भन्ने यकिन नभए पनि चार–पाँच हजार तथा १५ सय वर्ष पहिलले राज्य गर्दथे भन्ने थारु समुदायमा किम्बदन्ती छ । त्यही दँगीशरण राजाका अन्तिम पुस्ताका राजा रत्न परीक्षक थिए । रत्न परीक्षकले भगवतीसँग विवाह गरे । भगवतीबाट सन्तान नभएपछि अर्की श्रीमती केतुकीलाई विवाह गरेको, तर केतुकीबाट पनि सन्तान नभएपछि उनी सन्यासी बनेर हिडेको विश्वास गरिन्छ ।
देविका घर्ती मगर, घोराही







