थप समाचारसोमबार, माघ ६, २०७०
एक वर्षभित्रै संविधान जारी गर्न संभव छः थापा
संविधानसभाका ज्येष्ठ सदस्य थापाले दलहरुले सहमति गरी अघिल्लो संविधानसभाले गरेको कामको स्वामित्व लिनुपर्नेमा जोड दिएका छन् । ६ माघमा ज्येष्ठ सदस्यका हैसियतले संविधानसभा अध्यक्षको पदबहाली गरेलगत्तै संसद् सचिवालयमा पत्रकारसँग कुरा गर्दै उनले भने, “अघिल्लो संविधानसभाले गरेको कामको स्वामित्व लिए एक वर्षमै संविधान जारी हुन्छ ।”
उनले अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व लिन विधि र प्रक्रिया तय गरेर तोकिएको समयमा संविधान जारी गर्न सकिने बताए । उनले अघिल्लो संविधानभामा विवाद भएका विषयलाई गत निर्वाचनमा जनताले स्पष्ट खाका दिएकाले जनअपेक्षा अनुसार दलहरु अघि बढ्नुपर्नेमा जोड दिए ।
यसअघि शितल निवासमा राष्ट्रपति रामवरण यादवले संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापालाई संविधानसभा अध्यक्षको पद तथा गोपनीयताको सपथ गराएका थिए ।
