समाचारसोमबार, माघ ६, २०७०

प्राडा केसीद्वारा अनशन तोड्न अस्वीकार

हिमालखबर

प्राडा केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनको लिखित आग्रह अस्वीकार गरेका हुन् । त्रिविका उपकुलपति महर्जनले ६ माघमा लिखित पत्र पठाउँदै केसीलाई अनशन तोड्न आग्रह गरेका थिए ।

उपकुलपति महर्जनको लिखित पत्र लिएर शिक्षण अस्पताल पुगेका त्रिविका रजिष्टार चन्द्रमणी पौडेल र रेक्टर गुणनीधि न्यौपानेलाई केसीले भने, “माग पूरा नभई म अनशन तोड्दिन ।”

अस्पतालमा बिरामीले उपचार नपाएको देख्दा आफू धेरै दुःखी भएको उनले बताए । “बिरामीको हातल देख्दा बढी समय अनशन बस्न मन छैन,” उनले भने, “माग तुरुन्तै पूरा गरेर बिरामीलाई उपचारको व्यवस्था मिलाओस् ।”

उपकुलपति महर्जनले पठाएको लिखित पत्रमा सरकारले संस्थानलाई स्वायत्त बनाउन अध्ययन कार्यदल गठन गरिसकेकाले अनशन तोड्न आग्रह गरिएको छ । चिकित्साशास्त्र अध्ययन संस्थानमा पदाधिकारी नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप रोकिनुपर्ने लगायतका सातबुँदे माग राख्दै प्राडा केसी २७ पुसदेखि अनशनरत छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>