समाचारमंगलबार, माघ ७, २०७०

चितवनमा आगलागीबाट साढे चार लाखको क्षति

हिमालखबर

भरतपुरमा रहेको श्रीसत्यसाही अटोमा ७ माघ बिहान आगलागी भएको हो । भरतपुर नगरपालिका–१० मा रहेको मोटरसाइकल सोरुममा विद्युत् सर्ट भई आगलागी हुँदा सोरुममा रहेकामध्ये तीनवटा मोटरसाइकलमा क्षति पुगेको सञ्चालक रोमन श्रेष्ठले बताए ।

आगलागीबाट एउटा मोटरसाइकल कामै नलाग्ने गरी जलेको छ । श्री सत्यसाही मोटरसाइकल सोरुम भिवग्योर मोटरसाइकलको आधिकारिक विक्रेता हो ।

आगो भरतपुर नगरपालिकाको वारुणयन्त्रले समयमै आगो नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>