समाचारमंगलबार, माघ ७, २०७०
सभासदहरुको सपथ ग्रहण सम्पन्न
संविधानसभामा नव निर्वाचित सदस्यहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई ७ माघमा संविधानसभामा प्रनितिधित्व गर्नेमध्ये ज्येष्ठ सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सपथ ग्रहण गराएका हुन् ।
८६ वर्षीय थापाले ६ माघमा राष्ट्रपतिबाट सपथ लिएका थिए ।
संविधानसभा सचिवालयका अनुसार ३५ जना सभासदहरुले नेपाली बाहेकका मातृभाषामा सपथ लिएका छन् ।
सपथग्रहण कार्यक्रमपछि सभासदहरु चियापान गर्दै एकआपसमा भलाकुसारी गरेका छन् ।
साढे ८४ प्रतिशत सदस्यहरुले पहिलो पटक प्रतिनिधित्व गरिरहेकाले उनीहरुमा उत्साह देखिन्थ्यो ।
पूराना निर्णय नमान्ने भनेको हैन: थापा
अघिल्लो संविधानसभाका निर्णय लाद्न खोजिए प्रतिवाद गर्ने चेतावनी दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सपथ ग्रहणपछि आफ्नो आशय सबै निर्णय नमान्ने भन्ने नरहेको बताएका छन् ।
पहिलाको निर्णयलाई प्रक्रियामा लैजानु पर्छ र त्यसमा सबैको सहमति हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको थापाले बताए ।
उनले भने, “हामीलाई एक वर्षभित्रै संविधान जारी गर्नुपर्ने भएकाले पनि सबै पूराना निर्णय नमान्ने भन्ने हुँदैन ।”
तर, ती निर्णयहरुमा पनि सबैको सहमति जुटाउने पहल गर्नुपर्नेमा थापाले जोड दिए ।
————————————————————————————-
संविधानसभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम शुरु भएको छ ।
संविधानसभामा प्रनितिधित्व गर्नेमध्ये ज्येष्ठ सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नवनिर्वाचित सदस्यहरूलाई शपथ दिलाउँदै छन् ।
———————————————————————————–
अहिलेको संविधानसभाका सदस्यहरुमध्ये साढे ८४ प्रतिशत सदस्यहरुले पहिलो पटक प्रतिनिधित्व गरिरहेका छन् । उनीहरुमा उत्साह देखिन्छ ।
संविधानमा व्यवस्था भए वमोजिम ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले ६ माघमा राष्ट्रपतिबाट सपथ ग्रहण गरेका थिए ।
————————————————————————————
संविधानसभा भवनमा सपथ ग्रहणका लागि नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल लगायत सबै दलका शीर्ष नेताहरु र सभासदहरु सभाकक्षमा प्रवेश गरिसकेका छन् । केही सभासदहरु आउने क्रम जारी छ ।
अहिलेको संविधानसभाका सदस्यहरुमध्ये साढे ८४ प्रतिशत सदस्यहरुले पहिलो पटक प्रतिनिधित्व गरिरहेका उनीहरुमा उत्साह देखिन्छ । कतिपय सभासदहरु फोटो खिचाखिच गरिरहेका छन् ।
संविधानसभाका नवनिर्वाचित सदस्यहरूले केही बेरमै नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पद तथा गोपनीयताको शपथ लिँदै छन्।
संविधानसभामा प्रनितिधित्व गर्नेमध्ये ज्येष्ठ सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नवनिर्वाचित सदस्यहरूलाई शपथ दिलाउँदै छन् ।
यसपटकको संविधानसभामा दुई स्वतन्त्र सभासद्सहित ३० राजनीतिक दलका ५७५ सदस्यको प्रतिनिधित्व रहेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत २४० निर्वाचन क्षेत्रबाट चुनिएका र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चयन भएका ३३५ सदस्यले आजको बैठकमा सहभागी जनाउने छन् ।
मन्त्रिपरिषदबाट नियुक्त हुने २६ जना सभासदको भने अझै मनोनयन् भएको छैन ।
