समाचारमंगलबार, माघ ७, २०७०
चिकित्सकहरु राजीनामा दिने तयारीमा
सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै संस्थानका चिकित्सकहरुले सामूहिक रुपमा राजीनामा दिने तयारी गरेका छन् । सर्वोच्चले ६ माघमा अस्पतालमा हड्ताल नगर्न आदेश दिएपछि संस्थानका चिकित्सकहरुले ७ माघमा सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।
राजीनामाका लागि सय जना चिकित्सकले हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर गर्नेमा वरिष्ठ चिकित्सक तथा फ्याकल्टी चिकित्सक छन् । उनीहरुले आफ्ना मागहरु पूरा हुनुपर्ने आन्दोलनरत छन् ।
