समाचारमंगलबार, माघ ७, २०७०
सपथ लिन जाँदै गरेका सभासद् (चौबिस तस्वीर)
नयाँबानेश्वरस्थित संविधानसभा भवनमा संविधानसभा सदस्यहरुलाई ज्येष्ठ सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सपथ दिलाए । ८६ वर्षीय थापाले ६ माघमा राष्ट्रपतिबाट सपथ लिएका थिए ।
संविधानसभा सचिवालयका अनुसार ३५ जना सभासदहरुले नेपाली बाहेकका मातृभाषामा सपथ लिएका छन् ।
यसपटकको संविधानसभामा दुई स्वतन्त्र सभासद्सहित ३० राजनीतिक दलका ५७५ सदस्यको प्रतिनिधित्व रहेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत २४० निर्वाचन क्षेत्रबाट चुनिएका र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चयन भएका ३३५ सदस्यले आजको बैठकमा सहभागी जनाउने छन् ।
मन्त्रिपरिषदबाट नियुक्त हुने २६ जना सभासदको भने अझै मनोनयन् भएको छैन ।
सपथग्रहण कार्यक्रमपछि सभासदहरु चियापान गर्दै एकआपसमा भलाकुसारी गरेका छन् । साढे ८४ प्रतिशत सदस्यहरुले पहिलो पटक प्रतिनिधित्व गरिरहेकाले उनीहरुमा उत्साह देखिन्थ्यो ।
संविधानसभाको पहिलो बैठक ८ माघ अपराह्न ३ बजे वस्दैछ । त्यसैगरी व्यवस्थापिका संसदको पहिलो अधिवेशन १२ माघमा बस्ने कार्यक्रम छ ।
