समाचारमंगलबार, माघ ७, २०७०
चितवनमा चिकित्सक अनशनमा (तस्वीरसहित)
भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा. पौडेलले केसीको सातबुँदे माग पूरा गर्नुपर्ने मागसहित अनशन शुरु गरेकाछन् । उनी ७ माघदेखि अस्पताल परिसरमै अनशनमा शुरु गरेका हुन् ।

प्राडा केसीको मागप्रति समर्थन जनाउँदै चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक हस्तक्षेपको बिरोध अनशन थालेको पौडेलले बताए । अस्पतालमै नेपाल चिकित्सक संघ चितवनको अगुवाईमा अन्य चिकित्सकहरुले पनि २४ घण्टे रिले अनशन बसेका छन् ।

डा. कृष्ण पौडेल, डा. भोजराज अधिकारी, डा. शंकर ढकाल, डा. शारदा पौडेललगायत २४ घण्टे रिले अनशन बसेका छन् ।
सविता श्रेष्ठ, चितवन
सविता श्रेष्ठ, चितवन
