समाचारबुधबार, साउन १७, २०६९
कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउनु पर्ने एमाले नेता नेपालको भनाई
रफत सचार क्लबले १७ साउनमा भक्तपुरमा आयोजना गरेको अन्तरकि्रयामा बोल्दै नेता नेपालले सरकार सचालनमा चकि्रय प्रणालीको कुरा उठेको र एमालेले दुईपटक सरकारको नेतृत्व लिईसकेकाले अबको नेतृत्व कांग्रेसलाई दिइने बताए । कांग्रेसभित्र सरकारको नेतृत्व लिनेबारे विवाद भएमा वा सरकारको नेतृत्व लिन नचाहेमा मात्र एमालेले सरकारको नेतृत्व लिने उनको भनाई थियो ।
एमालेका अर्का नेता केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने चाहना नराखेको दाबीसमेत उनको थियो । आफूले छ/आठ महिनाका लागि सरकारको नेतृत्व नलिने बताउँदै नेपालले भने, ‘ओलीले सरकारको नेतृत्व गर्छु भन्नुभएको छैन अहिले उहाँको पालो होइन उहाँको बेला आएको छैन ।’
एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिदै गएको बताउँदै उनले धम्कीकै भरमा सबैलाई तसा्रउने र माओवादीभित्र सत्ता कब्जा गर्ने रणनीति अझै रहेकोले सङ्कट आइरहेको आरोप लगाए । रासस

