समाचारमंगलबार, माघ ७, २०७०

प्रा.डा केसीको मागप्रति मेरो ऐक्यबद्धता छः रेग्मी

हिमालखबर

शशी शर्मालाई संस्थानको डिन बनाउन गरेको निर्णय निस्क्रिय पार्न निर्देशन दिइएको पत्रसहित प्रा.डा. केसीलाई अनसन तोड्न आग्रह गर्दै अध्यक्ष रेग्मीले यस्तो धारणा राखेका हुन । ७ माघ साँझ अनसनस्थल पुगेका रेग्मीले भने, “तँपाईको मागप्रति मेरो पनि ऐक्यबद्धता छ । २४ घण्टे अल्टिमेटम दिईसकेको छु । तँपाईले अनसन तोड्नु भए राम्रो हुन्थ्यो ।”

अनसरत प्रा.डा. केसीले भने सात मध्ये कम्तिमा चार वटा माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने बताए । शर्मालाई डिनबाट हटाएर प्रा.डा. प्रकाश सायमीलाई पुनर्वहाली गर्नुपर्ने, सायमी तयार नभए वरिष्ठताको आधारमा नयाँ डिन नियुक्त गर्नुपर्ने, थप नीजि कलेजलाई सम्बन्धन दिन नहुने र त्रिविलाई स्वायत्त निकाय बनाउनु पर्ने उनको माग थियो ।
सरकारले डिन नियुक्ति निस्क्रिय पार्न दिएको निर्देशन पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>