थप समाचारबुधबार, माघ ८, २०७०
गाडी दुर्घटनामा आमाछोराको मृत्यु
नवलपरासीको पाल्हीमा ट्रयाक्टर पल्टिदाँ किचिएर गेर्मी–८ की २३ वर्षिया चन्दादेवी कहार र उनकादुई वर्षीय छोरा मनिषको मृत्यु भएको हो । ट्रयाक्टर चढेर गेर्मीतर्फ जाँदै गरेका उनीहरुको किचिएर ७ माघमा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
परासीबाट बालुवा लोड गरेर गेर्मी जाँदै गरेको लु १ त २६७७ नम्बरको ट्रयाक्टरमा उनीहरु पनि सवार थिए । ट्रयाक्टर पल्टिदाँ पछाडिको चक्काले किचेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि चालक भने फरार छन् ।
विद्रोही गिरी, नवलपरासी
