थप समाचारबुधबार, माघ ८, २०७०

अस्पताल बन्द हुँदा बिरामीहरु भारततर्फ

हिमालखबर

विगत चार दिनदेखि जनकपुर अञ्चल अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवाहरु बन्द रहेका कारण यस भेगका बिरामी उपचारका लागि भारततर्फ जान थालेका छन् ।

अनसनरत चिकित्सक गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै निजी अस्पताल पनि बन्द भएपछि यसक्षेत्रका मानिसहरु उपचारका लागि भारततर्फ जान बाध्य भएका हुन् । जनकपुरमा सरकारी र निजी स्वास्थ्य संस्थामा दैनिक करिब तीन हजार बिरामीले उपचार गराउने गरेका छन् ।

जनकपुरमा धनुषालगायत महोत्तरी, सर्लाही, उदयपुरसहितका जिल्लाका बिरामी दिनहुँ आउने गरेका कारण उनीहरु पनि स्वास्थ्य उपचारका लागि भारततर्फ जान थालेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>