थप समाचारबुधबार, माघ ८, २०७०

हिउँले सुन्दर पश्चिम पहाड (दश तस्वीर)

हिमालखबर

प्रकाश सिंह, बाजुरा

हिमपातले मध्य तथा सुदूरपश्चिमका हिमाली जिल्ला बझाङ्ग, हुम्ला, जुम्ला मुगु, बाजुरा, दार्चुला, बैतडी, अछाम लगायतको जनजीवन प्रभावित भएको छ । हिमाली क्षेत्रमा ४ माघदेखि नै हिउँ पर्न थालेको हो । अन्नबाली सुक्न लागेका बेला भएको हिमपातले किसानलाई भने खुशी तुल्याएको छ ।

हिमपातसँगै डाँडाकाँडा सेताम्य बनेका छन् । पाण्डुसैन र मार्तडीको बिचमा पर्ने पोरखे लेकमा धेरै हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने कोल्टिबजारमा दैनिक उपभोग्य सामान, खाद्यान्न बोक्ने खच्चड र मान्छेकोे आवतजावत समेत बन्द भएको छ ।

हिमपातले एक गाँउबाट अर्को गाँउसम्म जान र गाईबस्तु चराउन समेत समस्या परेको बाजुरा दहकोटका खम्म रोकायाले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>