समाचारबुधबार, माघ ८, २०७०
डिन शर्माले राजीनामा गर्दै
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा शशी शर्माको नियुक्ति निस्क्रिय बनाएर त्यसको जानकारी २४ घन्टाभित्र दिन दिएको समय सिमाभित्रै त्रिविका रेक्टर गुणनिधी न्यौपानेले शिक्षामन्त्रीलाई डा शर्माको राजीनामा बारे फोनमार्फत जानकारी गराइसकेको बुझिएको छ।
रेक्टर शर्माले यसअघि शिक्षा मन्त्री र मन्त्रिपरिषद अध्यक्ष रेग्मीले दिएको निर्देशन बमोजिम नै डिन शर्माको राजीनामा हुन लागेको बताए ।
यसअघि डा शर्माले आफूले राजीनामा दिनेबारे त्रिवि पदाधिकारीलाई जानकारी गराएका थिए ।
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा। गोविन्द केसी डिनमा शर्माको नियुक्तिलगायतका विषयको माग राखेर १२ दिनदेखि अनसनमा छन्।
उनको जीवन रक्षाको माग गर्दै शिक्षण अस्पतालका सय भन्दा बढी डाक्टरहरुले सामूहिक राजिनामा दिएका छन् भने देशभरका चिकित्सकहरु आन्दोलित छन् ।
