समाचारबुधबार, माघ ८, २०७०

डिन शशी शर्मा बर्खास्त

हिमालखबर


८ माघ साँझ बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले चिकित्सा शास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन शशी शर्मालाई बर्खास्त गरेको निर्णय मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई जानकारी गराएको छ ।

डिन शर्मालाई हटाएको पत्र अध्यक्ष खिलराज रेग्मीलाई प्राप्त भएको उनका प्रेस संयोजक राजेन्द्र पाण्डेले हिमालखबरलाई बताए ।

शर्मालाई डिनमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ७ माघमा निर्देशन दिंदै सोको जानकारी २४ घण्टाभित्र आफूलाई दिन  निर्देशन दिएका थिए ।

शर्मालाई डिनमा नियुक्त गरेपछि शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ चिकित्सक प्राडा गोविन्द केसी १२ दिनदेखि आमरण अनशनमा बसेका छन् ।

डिन शर्माले आजै राजीनामा दिने भनिए पनि बेलुकासम्म उनले राजीनामा नदिएपछि कार्यकारी परिषदले कुलपति समेत रहेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको निर्देशन बमोजिम बर्खास्त गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>