समाचारबुधबार, साउन १७, २०६९

निर्वाचनबारे छलफल गर्न सरकारद्वारा वार्ता टोली गठन

हिमालखबर

प्रधानमन्त्री कार्यालय सिँहदरबारमा १७ साउनमा बसेको मन्त्रिपरिषद् बैठकद्वारा गठित टोलीमा भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी र पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटी सदस्य रहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेलगायतका राजनीतिक दलहरुसँग छलफल गरेर निर्वाचनको नयाँ मिति घोषणा गर्नका लागि टोली गठन गरिएको सूचना तथा सन्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए । निर्वाचन आयोगले १५ साउनमा पत्रकार सम्मेलन गरेर सरकारले यसअघि घोषणा गरेको मितिमा कुनै हालत चुनाव गर्न नसकिने औपचारिक जानकारी गराईसकेको छ ।

मन्त्रिपरिषद् बैठकले २६ साउनदेखि बलाधिकृत गौरव शमशेर राणालाई नेपाली सेनाको कामु प्रधानसेनापति तोक्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानसेनापति छत्रमानसिँह गुरुङ २६ साउनदेखि बिदामा बस्दैछन् ।

मुख्य सचिव बढुवा गर्दा वरिष्ठता मिचेको विरोधमा राजीनामा दिएका सचिवहरुको राजीनामा बैठकले स्विकृत गरेको मन्त्री यादवले जानकारी दिए । आठौं बरियाताका लिलामणी पौडेललाई मुख्य सचिव गराएको भन्दै सचिवहरु शङ्करप्रसाद कोइराला, श्याम मैनाली, त्रिलोचन उप्रेती, सुशीलजङ्ग राणा र अवनिन्द्रकुमार श्रेष्ठले राजीनामा दिएका थिए ।

यसैगरी बैठकले बिपी क्यान्सर अस्पतालका अध्यक्ष डा. रामेश्वरमान श्रेष्ठलाई पदमुक्त गरी डा. भक्तमान श्रेष्ठलाई नियुक्त गरेको यादवले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>