समाचारबिहीबार, साउन १८, २०६९

गल्ती कमजोरी भए सुधार्छु: सभापति कोइराला

रासस

कांग्रेस जिल्ला सभापतिहरुले १८ साउनमा पार्टी सभापति सुशील कोइरालालाई भेटेर राजनीतिक सङ्कट समाधानका लागि कांग्रेसले नेतृत्व लिनु पर्ने माग गरेका हुन । सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको दोस्रो राष्ट्रिय भेलाबाट फर्किएका उनीहरुले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीभीत्रका कमजोरी हटाएर अघि बढ्न कोइरालासँग आग्रह गरे । बाह्रबिसे भेलाले पारित गरेको घोषणा कार्यान्वयनमा जोड दिन उनीहरु त्यहाँ गएका थिए ।

भेटमा सभापति कोइरालाले गाउँ-गाउँमा गएर सङ्गठन विस्तार गर्न निर्देशन दिए । उनले पार्टीमा भएका कमजोरी भएको भए सच्चाउँदै अघि बढ्ने तर अरुले गल्ती गरेको भए त्यसबारेमा बोल्न पनि जिल्ला सभापतिहरुलाई आग्रह गरेका थिए । भेटमा सहभागी नुवाकोट सभापति जगदीश नरसिंह केसीले कोइरालाको भनाई यसरी उद्यृत गरे, “पार्टीभित्र मैले गल्ती गरेको छु र कमी कमजोरी भएका छन् भने म सुधार्छु तर अरुले गल्ती गरेका छन् भने तपार्इंहरुले पनि बोल्नुपर्छ,” ।

केसीका अनुसार संविधानसभा भङ्ग भएपछि उत्पन्न राजनीतिक गतिरोधबाट समाधान खोज्न कांग्रेस अग्रसर रहँदैआएको भन्दै कोइरालाले सहमति, एकता र मेलमिलापको विकल्प नभएको बताए ।

पाँचै विकास क्षेत्रका जिल्ला सभापतिहरुले समूहगत रुपमा सभापति कोइरालालाई भेटेका थिए । महँगी तीव्र रुपमा बढेको, धान रोप्ने बेलामा किसानले मलबीउ पाउन नसकेको र शान्तिसुरक्षाको अवस्था कमजोर हुँदैगएको भन्दै जिल्ला सभापतिहरुले सभापति कोइरालाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>