थप समाचारबिहीबार, माघ ९, २०७०

अठार वर्ष भयो, महाकाली सन्धि कार्यान्वयन भएन

हिमालखबर

सुदूरपश्चिमका चार जिल्ला भएर बग्ने महाकाली नदीको एकीकृत विकास गर्ने उद्देश्यले १८ वर्षअघि दुवै देशका सरकारबीच भएको एकीकृत महाकाली विकास सन्धि कार्यान्वयन नभएको छैन ।

२९ माघ २०५२ मा नेपाल र भारत सरकारबीच सम्पन्न शारदा बा“ध तथा पञ्चेश्वर परियोजना र महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि सम्झौता भारतको राजधानी दिल्लीमा भएको थियो ।

एकीकृत महकाली सन्धि कार्यान्वयन नहु“दा महाकाली तटीय क्षेत्रका नागरिकलाई बढी घाटा भएको महाकाली नदी सरोकार समूह कञ्चनपुरले जनाएको छ ।

महाकाली नदी सरोकार समूहका अध्यक्ष हरिप्रसाद भट्ट भन्छन, “दुई देशका सरकार प्रमुखबीच भएको सम्झौता हालसम्म पनि कार्यान्वयन नभएका कारण नेपाललाई बढी घाटा भएको छ ।”

उनले भने, “ब्रह्मदेब–महेन्द्रनगर १३ किलोमिटर लिङ्करोडले समेत पूर्णता पाएको छैन, सन्धि भएको ६ महिनाभित्र पञ्चेश्वरको डिपीआर तयार पारिसक्ने भनिएता पनि हालसम्म डिपिआर तयार भएको छैन ।”

एक वर्षभित्र पञ्चेश्वर आयोजनाका लागि आवश्यक लगानी जुटाउने र आठ वर्षभित्र आयोजना सम्पन्न गरिसक्ने भनिएता पनि हालसम्म कुनै काम नभएको अध्यक्ष भट्टले बताए ।

सन्धिको धारा १ मा भनिएको नदी प्रणालीमा निरन्तरताका लागि आवश्यक ३५० क्युसेक पानी हिउ“दमा भारतले छाडेको छैन ।

धारा २ को उपधारा २ (क) बमोजिम भारतले टनकपुर बा“ध र शारदा बा“धबाट नेपालले पाउने पानी प्रवाहित गर्नका लागि नेपालको सिमानासम्म बनाउने भनिएको हेड रेगुलेटर र नहर प्रणाली हालसम्म नबनाएको महाकाली नदी सरोकार समूहका पूर्वअध्यक्ष ऋषि लुम्सालीले बताए ।

“सन्धिका अधिकांश बुँदा भारतीय पक्षबाट कार्यान्वयनमा आएका छैनन्,” उनले भने ।

सन्धिको धारा १ मा भनिएको छ –‘शारदा बा“धबाट नेपाललाई बर्खायाम प्रतिघनमिटर सेकेन्ड एक हजार क्युसेक र सुक्खायाममा प्रतिघनमिटर सेकेन्ड १५० क्यूसेक पानी दिने भनिएको छ ।’ यस्तै, धारा २ को (ख)मा ‘टनकपुर विद्युत् केन्द्रबाट नेपालले वार्षिक निःशुल्क सात करोड किलोवाट घण्टा युनिट विद्युत् नेपाललाई दिइने’ भनिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>