समाचारबिहीबार, माघ ९, २०७०
भ्रष्टाचारविरुद्ध रिक्साचालक आमरण अनशनमा
जिल्लाको सुन्दरपुर–१ बस्ने रिक्साचालक राजकिशोर साहले ८ माघ साँझदेखि जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा आमरण अनशन थालेका छन् ।
महोत्तरी जिल्लालगायत देशभरि भ्रष्टाचार मौलाउँदै गए पनि सम्बन्धित निकायहरु यसप्रति गम्भीर नभएको भन्दै उनले सात सूत्रीय मागसहित आमरण अनशन शुरु गरेका हुन् ।
साहले काठमाडौँमा मौन अनशन बसेकी महोत्तरीकी शारदाभुसाल झाको माग पूरा गर्नुपर्ने, झा र नेपाल सरकारबीच २०६९ फागुन १९ गते भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, त्यस्तै नन्दप्रसाद अधिकारी दम्पती तथा डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने, सुन्दरपुर विद्यालय तथा गाविसको भ्रष्टाचार छानबिन गरेर कारबाही गर्नुपर्ने, अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
रासस
