समाचारबिहीबार, माघ ९, २०७०
चिकित्सकहरुसँग वार्ता गर्न टोली गठन
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरी बास्कोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । ९ माघमा बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको वार्ता टोलीमा स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयका सचिव सदस्य छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थानका डिन शशी शर्मालाई हटाइएपछि पनि प्राडा गोविन्द केसीले अनसन नतोडेपछि सरकारले टोली गठन गरेको हो । वार्ता टोलीका संयोजक कृष्णहरी बास्कोटाले ९ माघबाटै चिकित्सकहरुसँग छलफल थाल्ने हिमालखबरसँग बताए ।
त्यस्तै बैठकले संस्कृति मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई अर्को व्यवस्था नहुँदासम्म संस्कृति संस्थानको प्रमुखमा नियुक्त गरेको छ भने राष्ट्रिय समाचार समिति बोर्डको अध्यक्षमा सञ्चार मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैठकले छोराका हत्यारालाई कार्वाहीको माग गर्दै आमरण अनशनमा रहेका नन्दप्रसाद र गंगामाया अधिकारीलाई आनसन तोड्न पनि आग्रह गरेको छ ।
