थप समाचारबिहीबार, माघ ९, २०७०

टुँडिखेलमा बिरामीको उपचार (नौ तस्वीर)

हिमालखबर

५ माघदेखि देशभर अस्पतालको ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुले ९ माघ बिहान १० बजदेखि टुँडिखेलमा निःशुल्क उपचार सेवा (ओपीडी) शुरु गरेका हुन् । वीर अस्पताल, शिक्षण अस्पताल, प्रसूति गृह, पाटन, टेकुलगायतका सरकारी तथा केही निजी क्षेत्रका अस्पतालमा कार्यरत करिब ३०० चिकित्सक, परिचारिका (नर्स) तथा प्रयोगशालामा कार्यरत स्वास्थ्य प्राविधिकले बिरामीलाई सेवा दिएका छन् ।

नेपाल चिकित्सक सङ्घको नेतृत्वमा ‘जनतासँग चिकित्सक र डा. केसीसँग जनता’ नाम दिई टुँडिखेलमा चिकित्सकहरुले सामूहिक रुपमा सेवाको शुरुवात गरेका हुन् । अस्पतालमा सेवा नपाई छटपटिएका बिरामीले लाम बसी टुँडिखेलबाट चिकित्सकीय सेवा लिएका छन् ।

उनीहरुले सर्जरी, चर्म तथा यौन रोग, हाडजोर्नी, दन्त, आँखा, बालरोग, मानसिक तथा प्रसूतीलगायतका सेवा दिएका छन् । अनशनरत प्राडा गोविन्द केसीको सबै माग पूरा नभएसम्म टुडिखेलको उपचार सेवा जारी रहने कार्यक्रम संयोजक प्राडा मंगल रावलले बताए ।

त्रिभुवन विश्वविद्यायल कार्यकारी परिषद्को ८ माघमा बसेको बैठकले चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डा. शशि शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको भएपनि अनशनमा बसेका प्राडा केसीले आफ्ना माग सम्बोधन नभएको भन्दै अनशन त्यागेका छैनन् । केसीको माग जायज भएको भन्दै समर्थनमा आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक सङ्घले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएको छैन ।

देबकी विष्ट, हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>