थप समाचारबिहीबार, माघ ९, २०७०
माइती नेपालको कार्यालयबाट ४ युवती बेपत्ता
माइती नेपालले केही दिन अघि उद्दार गरेर ट्रान्जिट होममा राखिएका चार युवती ९ माघ बिहानै बेपत्ता भएका हुन् । भारतबाट उद्दार गरिएका १८–१९ वर्षका युवतीहरु कार्यालयको पर्खाल नाघेर भागेको माइती नेपाल, वीरगञ्ज कार्यालयकी संयोजक संगीता पूरीले जानकारी दिइन् ।
उनका अनुसार आर्केष्ट्रामा काम गर्ने ती युवतीलाई अभिभावकको जिम्मा लगाउने तरखर गरिएपछि भागेका हुन् । भागेकामध्ये दुई युवती आर्केष्ट्रामा कार्यरत थिए भने अन्य दुई जना भने दुई महीनादेखि माइती नेपालकै संरक्षण लिएर बसेका थिए ।
कार्यालयबाट बेपत्ता हुनेहरुको खोजबिन भइरहेको उनले बताइन् । माईती नेपालको ट्रान्जिट होममा युवतीहरु यसअघि पनि पटकपटक बेपत्ता भएका थिए ।
बिम्मी शर्मा, वीरगञ्ज
