थप समाचारबिहीबार, माघ ९, २०७०
मुलुक ४७ सालमा फर्कियोः वैद्य
चितवनमा ९ माघमा भएको कार्यक्रममा उनले देश फेरी २०४७ सालकै अवस्थामा पुगेको टिप्पणी गरेका हुन् । उनले दश वर्षे सशस्त्र युद्दबाट प्राप्त उपलब्धिको अन्त्य भएको जिकिर गर्दै जनताको संविधान र शान्तिका लागि आन्दोलनको विकल्प नभएको बताए ।
उनले भने, “जनयुद्धमा लागेको एक शक्ति निर्वाचनमा सहभागी भएको छैन, अर्को शक्तिलाई पनि पाखा लगाउने काम भएको छ ।” उनले संविधानसभाबाट शान्ति र संविधान सम्भव नभएको पनि बताए । “संविधान निर्माणका लागि सर्वपक्षीय राजनीतिक सभा गर्नुपर्छ,” उनले भने ।
एमाओवादीसँग पार्टी एकीकरण तत्काल संभव नभएको भन्दै उनले भने, “अरु दलसँगको एकीकरण प्रक्रिया भने अघि बढिरहेको छ ।”
रासस
