समाचारशुक्रबार, माघ १०, २०७०

शहीद सप्ताह शुरु

हिमालखबर

विभिन्न राजनीतिक आन्दोलनमा सहिदले जीवनको बलिदान दिएको स्मरणमा शहीद सप्ताह मनाइन्छ । १० देखि १६ माघसम्म मनाइने शहीद सप्ताहमा विभिन्न कार्यक्रम हुँदैछन् । सप्ताह मनाउने काठमाडौं नगरपालिकाले यस वर्ष पनि मूल समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गर्दैछ ।

तत्कालीन जहानिया राणा शासकले १० माघ १९९७ मा शुक्रराज शास्त्रीलाई टेकु पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा विशेष कार्यक्रम गरी श्रद्धाञ्जलि दिइने कार्यक्रम छ ।

१३ माघमा सिफलमा धर्मभक्त माथेमा तथा १५ माघमा दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । १६ माघमा ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि लैनचौरस्थित शहीद स्मारकमा कार्यक्रम राखिएको महानगरपालिकाले जनाएको छ ।

मुलुकमा प्रजातन्त्र स्थापना गरी जनतालाई सार्वभौम सम्पन्न नागरिकका रुपमा स्थापित गर्न उनीहरुले लिएको आदर्श तथा त्याग नयाँ पुस्ताका लागि सधैँ अनुकरणीय रहने गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>