थप समाचारशुक्रबार, माघ १०, २०७०

प्रा.डा. केसीले अनसन तोडे

हिमालखबर

केसीले १० माघ विहान भक्तपुरकी सात वर्षीय एलिशा थापाबाट जुस खाएर अनसन तोडेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा गठित वार्ता टोलीसँग १० माघ विहान वार्ता मिलेपछि अनसन तोडेका हुन  । प्रा.डा. प्रकाश सायमीको पुनर्वहाली वा वरिष्ठताको आधारमा नयाँ डिन नियुक्ति, संस्थानलाई स्यावत्त निकाय बनाइने, गैरकानुनी रुपमा दिन लागिएको सम्बन्धन रोक्ने लगायतका माग पुरा हुने सहमति  भएको डा. राजेन्द्र वाग्लेले हिमालखबरलाई जानकारी दिए ।

केसी २७ पुसदेखि आमरण अनसन बसेका थिए ।

प्रा‍‍.डा. केसीका सात माग

शिक्षण अस्पताल तथा स्वास्थ्य संस्थामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने

थप निजी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने

सम्बन्धन दिन लागिएको मेडिकल कलेजको विषयमा छानबिन

राजनीतिक–प्रशासनिक दबाबबाट राजीनामा गराइएको डीनको पुनर्बहाली

त्रिविका भ्रष्ट उपकुलपति, रेक्टर, रजिस्ट्रार र भ्रष्टाचारमा दोषी ठहरिएका पूर्व पदाधिकारीहरूमाथि कारबाही

आईओएमलाई स्वायत्तता, ग्रामीण भेगमा सरकारी मेडिकल कलेज स्थापना र

वरिष्ठता तथा कार्यदक्षताको आधारमा स्वच्छ प्रक्रियाबाट पदाधिकारी नियुक्ति ।

प्र.डा. केसीले सम्बन्धन रोक्न खोजेका कलेज

काठमाडौं नेशनल मेडिकल कलेज, मनमोहन मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज र नेपाल प्रहरीको मेडिकल कलेजलाई सम्बन्धन दिनै पर्ने दवाबका कारण सायमीले राजिनामा गरेका थिए ।

पिपुल्स डेन्टल विराटनगरको विवादास्पद नोबेल मेडिकल कलेजका सञ्चालक सुनिलकुमार शर्माको हो । नोबेलको ‘गुडविल’ ध्वस्त भएकाले शर्माले पिपुल्स डेन्टल कलेजको सञ्चालकमा साढुभाइलाई राखेका छन् । फ्याकल्टी मेम्बर र भौतिक पूर्वाधारका हिसाबले पनि पिपुल्स डेन्टल सम्बन्धनका लागि योेग्य नभएको जानकारहरू बताउँछन् ।

सम्बन्धन दिन लागिएको काठमाडौं नेशनलका संचालक वीरगञ्जको नेशनल मेडिकल कलेजका मालिक डा. जैनुद्दिन अन्सारी हुन् । वीरगञ्जको नेशनल मेडिकल कलेज देशभरका १९ मेडिकल कलेजमध्ये सबभन्दा खराबको अग्रसूचीमा छ । डा. अन्सारीले पनि भाइ बसरुद्दिन अन्सारीलाई काठमाडौं नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशक तोकेका छन् । काठमाडौं घट्टेकुलोमा हाउजिङका लागि निर्मित घरमा यो कलेज खोल्न लागेकोमा सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ ।

नेपाल प्रहरी मेडिकल कलेजलाई ‘सत्य सेवा सुरक्षणम्’ माथिको प्रश्नचिह्नको रूपमा हेरिएको छ– जनताको जीउधनको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने निकाय कलेज सञ्चालनमा उद्यत भएकोले ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>