समाचारबिहीबार, साउन १८, २०६९

असन्तुष्ट नेतालाई निरकुङ्श शैलीमा कारबाही हुँदैन: अमृत बोहरा

रासस

अध्यक्ष बोहराले १८ साउनमा रासससँग कुरा गर्दै कतिपय नेताहरु उपत्यका बाहिर रहेकाले अझै पत्र बुझ्ने काम पूरा नभएको र कतिपयबाट जवाफ आउन थालेको बताए । उनले भने,’हामीले पार्टीलाई नीति र अनुशासनमा राख्ने ध्येयले पत्राचार गरेका हौं स्पष्टीकरण सोधिनुलाई निरङ्कुश शैलीको कारबाहीका रुपमा लिन मिल्दैन हामीले त्यस ढङ्गले काराबाही गर्दैनौं ।’

बोहराले अनुशासनको कारबाहीका लागि निश्चित विधि, प्रकि्रया र मापदण्ड भएकाले पत्राचार भएकै आधारमा कारबाहीको तहमा प्रचार हुनु अनावश्यक भएको उल्लेख गरे । असन्तुष्ट नेताहरुले भने आयोगको निर्णयलाई निरङ्कुश शैलीको कारबाहीको तयारी भनी आलोचना गरेका थिए ।

आयोगले २१ असारमा उपाध्यक्ष अशोक राईलगायतका केन्द्रीय नेतासँग पार्टीले लिएको साझा पहिचानसहितको सात प्रदेशको निर्णयमा सार्वजनिकरुपमा असन्तुष्टि जनाएको भन्दै लिखित स्पष्टीकरण मागेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>