समाचारशुक्रबार, साउन १९, २०६९

हराएका तिन बालक मृत भेटीए

हिमालखबर

कैलेश्वर पोखरीमा बालकहरुको खोजी गरिदै । तस्विर सौजन्य:धमेन्द्र मोक्तान

अघिल्लो दिनदेखी बेत्तपा भएका तिन जनामा गैरीमुदी –५ वस्ने उर्सुर तामाङका १३ वर्षका छोरा सोनाम तामाङ मृत अवस्थामा भेटिएका थिए भने त्यसको केहि समयपछि सोमबहादुर तामाङका १४ वर्षिय छोरा लक्ष्मण तामाङ र उनकै अर्का १४ वर्षकै रामबहादुर तमाङ उक्त पोखरीमा गाडिएको अवस्थामा मृत भेटीएको प्रहरीले जनाएको छ । राम, लक्ष्मण सोमबहादुरका जुम्ल्हा छोरा हुन् । उनीहरुको खोजीमा विहानैदेखी स्थानिय वासिन्दा र अस्थायी प्रहरी चौकी गौरीमुदीका प्रहरीहरु जुटेका थिए ।

विहिवार दिउँसो घरबाट खेतमा पानी लगाउँन भनी गएका उनीहरु नफर्केपछि परिवारले खोजी कार्य सुरु गरेका थिए । उनीहरु कैलेश्वर पोखरीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले आशंका गरेको छ । करिब सात फिट गहिरो पोखरीमा पौडी खेल्न भनी पसेका बालकहरु पौडन नसक्दा डुबेको प्रहरीले जनाएको छ ।

-चिरञ्जीवी मास्के, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>