थप समाचारशुक्रबार, माघ १०, २०७०

परिवार मोह त्याग्न दाहाललाई सुझाव

हिमालखबर

राजधानीमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले विवादित व्यक्तिलाई तत्कालै जिम्मेवारीबाट हटाउन सुझाव दिएका छन् । उनीहरुले जनतामा पार्टीप्रति विश्वास बढाउन विवादित व्यक्तिलाई जिम्मेवारीबाट हटाई अर्कै काममा खटाउन नेतृत्वलाई भनेका छन् ।

१० माघमा बसेको बैठकमा बोल्दै कन्द्रीय सदस्य रेणु चन्दले अध्यक्षले पारिवारीक मोह त्याग्नुपर्नेमा जोड दिइन् । उनले पार्टीलाई विधिसङ्गत तवरले सञ्चालन गर्नुपर्ने विषयमा नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।

अर्का सदस्य कृष्ण धितालले पार्टीमा साँस्कृतिक शुद्धीकरणको शुरुआत शीर्ष नेतृत्वबाटै गर्नुपर्ने बताए । श्रीप्रसाद जगेबुले संविधानसभा निर्वाचनका क्रममा जनताका सामु गरिएको प्रतिबद्धताबमोजिम संविधान निर्माणमा लाग्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यले पार्टीलाई रुपान्तरणका लागि ठोस प्रस्ताव ल्याउन र विगतमा भएका कमजोरी सच्याउनका लागि शीर्ष तहदेखि नै आत्मालोचना गर्न र गल्ती नदोहार्‍याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि १० माघमा १२ केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>