समाचारशुक्रबार, साउन १९, २०६९

देउखुरी क्षेत्रमा डुबान, पिडितलाई उद्धार गर्दा प्रहरी हवल्दारको ज्यान गयो

हिमालखबर

सोनपुर गाविसको स्थानिय सिङ्गे खोलामा आएको बाढिले बगाउदा रानाको मृत्यु भएको शसस्त्र ज्वालामाई गण भालुवाङका शसस्त्र प्रहरी निरिक्षक ईश्वर डिसीले जानकारी दिए । बाढिमा परेका स्थानिय बासिन्दालाई उद्धार गर्ने क्रममा खोलाले बगाउदा वेहोस् भएका रानाको उपचारका क्रममा लमहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण राप्ती नदिमा आएको वाढी देउखुरी क्षेत्रमा पसे पछि त्यहाँको जनजीवन प्रभावित बनेको छ । प्रहरीका अन’सार राप्ती नदिमा आएको वाढीले लठ्ठहवा, पहरवा, भगवानपुर लगाएतका गाउँमा क्षति पु¥याएकोे छ ।

दाउरा ल्याउन गएका ५ जना स्थानियवासीहरु सोनपुर १ केरुनिया स्थीत राप्ती नदिको विचमा रहेको टापुमा परेका छन् । प्रहरी र स्थानियवासीहरुको पहलमा ४ जनालाई उद्धार गरिएको भएपनि अन्य ५ जनलाई भने खोला बढेपछि उद्धार गर्न नसकिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ती ५ जना रहेको टापुमा पनि पानी पसेपछि अहिले त्यहां रहेको सिसौंको रुखमा चढेर उद्धारको पखाईमा रहेको बताईएको छ । यद्यपी प्रहरीले भने स्थानिय तहवाट उद्धार गर्न सकिने संभावना नभएकाले केन्द्रवाट टोली पठाउन पहल भईरहेको वताएको छ ।

वाढीवाट कति घर डुवानमा परे भन्नै एकिन जानकारी आइृनसकेको ससस्त्र प्रहरी वल ज्वालामाई गणका ससस्त्र प्रहरी निरीक्षक इृश्वर डिसीले वनाउनु भएको छ । ससस्त्र प्रहरी वल ज्वालामाई गणका ससस्त्र प्रहरीहरुले विहानैदेखी त्यहाँ उद्धार कार्य जारी राखेका छन् । उद्धारका लागी ससस्त्र प्रहरी वल ज्वालामाई गणवाट गणका डिएसपि दिलबहादुर पन्थको नेतृत्वमा ७० जनाको टोली खटिएको छ भने नेपाल प्रहरी र स्थानियवासीहरु उद्धारमा खटिएका छन् । लगातार पानी परिरहेका कारण देउखुरीका थप गाउँहरु पनि डुवानको उच्च जोखिममा रहेको बताईएको छ । यसअघि गत साउन ४ गते पनि वाढीले देउखुरीका २ हजार वढि घर डुवानमा परेका थिए ।

-देविका घर्ती मगर/दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>