समाचारशनिबार, माघ ११, २०७०

युनुस अन्सारी फेरि समातिए

हिमालखबर

भारतीय जाली नोट कारोबारमा संलग्न रहँदै आएको अन्सारीलाई प्रहरीको विशेष टोलीले ११ माघमा पक्राउ गरेको हो । अन्सारीलाई उनकै निवास ललितपुर नक्खिपोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको निवासमा छापा मार्दा ३५ लाख जाली भारतीय रुपैंया फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । उनीसहित थप दुई जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी तीन महीना अघि मात्रै जाली नोट कारोबारको सजाय कटाएर कारागारबाट मुक्त भएका थिए । उनी १८ पुस २०६५ मा जाली नोटसहित पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>