थप समाचारशनिबार, माघ ११, २०७०
साइकल दुर्घटनामा किशोरको मृत्यु
धनकुटामा ११ माघ विहान साइकल चलाउन सिक्दै गरेका १४ वर्षे किशोर बाबुराम राईको भीरबाट खसेर मृत्यु भएको छ ।
साइकल चलाउन सिक्दै गरेका धनकुटा नगरपालिका–३ गुर्धुमडाँडाँका राई साईकलसहित गुर्धुम भीरबाट खसेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
कच्ची सडकमा साईकल कुदाउँदा उनी भीरबाट करिव ५ सय मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक बासुदेव चौधरीले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा लगिएको छ ।
सन्तोष रुचाल, धनकुटा
