थप समाचारशनिबार, माघ ११, २०७०
बस दुर्घटनामा १३ घाइते
कोशी राजमार्ग अन्तर्गतको खाँदवारी–१२ स्थीत वाढीमुरे खोल्सीमा ११ माघ घुम्तीमा बे्रक फेल भई बस दुर्घटना भएको घाइते सहचालक रमेश खड्काले जानकारी दिए ।
घाइते बससहचालक रमेश खडकाको दायाँ हात भाचिएको छ । अन्य घाइतेहरुमा खाँदवारी– १२ की रमा विक, मत्स्यपोखरीका सल वहादुर गुरुङ, खीना गुरुङ, याफु गाविस ८ की चिना कुलुङ मत्स्यपोखरीकी, शान्ती गुरुङ, पवित्रा गुरुङ, मादी राम्वेनी गाविस ५ की रीता त्रिताल, मानेभञ्ज्याङगको मेहरमान पराजुली, धन वहादुर विक खादवारी– ९ का उमेश थापा मगर, १० का रोहीत श्रेष्ठ,मादी राम्वेनी ६ का पुष्प कोइराला रहेको प्रहरीले जनाएको छ ।
खाँदबारी तुम्लिङटार सडक खण्डको ढुंगेबिसौनामा को १ ख २५१९ को बस अनियन्त्रीत भएर सडक मुनि को वासघारीको खोल्सामा खसेको प्रहरी निरीक्षक यमनाथ अधिकारीले जानकारी दिए ।
घाईते सबैलाई जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।
छेटु शेर्पा सङ्खुवासभा
