थप समाचारआइतबार, माघ १२, २०७०

चितवनमा दुर्घटनामा दुईको मृत्यु

हिमालखबर

पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी–४ मा भएको सवारी दुर्घटनामा भरतपुर–१२ बस्ने ३८ वर्षीय लक्ष्मण पन्थीको मृत्यु भएको छ । ११ माघ राति पूर्वबाट पश्चिम जाँदै गरेको बा१०च ४५०१ नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना३ख ६०७२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारलाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवनको माडीमा भएको अर्को सवारी दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् । वसन्तपुरबाट जाँदै गरेको ना१च ९१५१ नम्बरको जिपले विपरीत दिशातर्फ आउँदै गरेको ग६प ८१२९ मोटरसाइकललाई अयोध्यापुरी–५ मा ठक्कर दिँदा मोटरसाइकल चालक बघौडा–८ का १९ वर्षीय रोशन गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर नगरपालिका–५ का ३५ वर्षीय गङ्गाधर आचार्य घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने जिप र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>