थप समाचारसोमबार, माघ १३, २०७०
विद्युत् चोर्ने ६६ पक्राउ
विद्युत् प्राधिकरण महोत्तरी शाखाले जिल्लाका विभिन्न गाविस र जलेश्वर गरपालिकाको विभिन्न वडाबाट विद्युत् चोरी गर्नेहरु पक्राउ परेका हुन् । शाखाले ७ माघदेखि १२ माघ रातिसम्ममा ६६ जनालाई पक्राउ गरेको शाखा प्रमुख जितेन्द्र झाले जानकारी दिए ।
प्राधिकरणले विद्युत् हुकिङ, मिटरमा छली र अवैध विद्युत् प्रयोग लगायतमा नियन्त्रण गर्ने उद्देश्यले ७ माघदेखि विद्युत् चुहावट नियन्त्रण अभियान शुरु गरेको हो । विद्युत् चोरी गर्नेहरुबाट रु. ३ लाख ३० हजार राजश्व असुली गरेको झाले जानकारी दिए ।
विद्युत् प्राधिकरण शाखा महोत्तरीले जिल्लाको विद्युत् चुहावट नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने जनाएको छ ।
रासस
