थप समाचारमंगलबार, माघ १४, २०७०

चितवनमा चार हजार नयाँ चरा

हिमालखबर

बर्ड एजुकेसन सोसाइटी चितवनले गरेको गणनामा चितवनमा यस वर्ष कुल १४ हजार ७८ चरा रहेको पाइएको छ । गत वर्ष १० हजार ३२ मात्र चरा पाइएको अध्ययनले देखाएको थियो । यस वर्ष पानीमा मात्र पाइने चराहरूको सङ्ख्या ६ हजार ७९५ रहेको सोसाइटीका अध्यक्ष वासु बिडारीले जानकारी दिए ।

सोसाइटीले गरेको गणनामा दिव्यनगरमा एक हजार ९३२, सौराहादेखि कसरासम्म चार हजार २३८, बूढीराप्तीमा ५२८, डुङ्ग्री खोलामा २५७, लामी तालमा २०२, तमोर तालमा ५२, बिसहजारी तालमा ५३३, गरुड तालमा ५३६ र गैडहवादेखि सौराहाको डुङ्गाघाटसम्म पाँच हजार ८०० चरा पाइएको छ । गतवर्ष देखिएकामध्ये तीन प्रजातिका चरा भने यस वर्ष नदेखिएको अध्यक्ष बिडारीले बताए ।

गत वर्ष देखिएकामध्ये टाउके हाँस, लाल ठुडे चखेवा र बेल्चा ठुडे हाँस नदेखिएको हो । यस वर्ष चितवनमा ४९ प्रजातिका चरा भेटिएका छन् । जनवरी ११ देखि २६ तारिखसम्म चितवन राष्ट्रिय निकुञ्ज र जिल्लाका नौवटा नदी र तालमा गरिएको चरा गणनाका लागि १०८ पथप्रदर्शक र डुङ्गा प्रयोग गरिएको थियो ।

चरा गणनाको संयोजन सोसाइटीका सदस्य तथा पक्षीविद् टीकाराम गिरीले गरेका थिए । सोसाइटीले प्रत्येक वर्ष चरा गणना गर्दै आएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>