समाचारमंगलबार, माघ १४, २०७०

कांग्रेसको आह्वानमा सर्वदलीय बैठक

हिमालखबर

दलहरुको सहमतिमा सरकार गठनका लागि नेपाली कांग्रेसले आह्वान गरेको बैठकमा नेकपा एमाले, एमाओवादी, राप्रपा नेपालका शीर्ष नेतालसहित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि र दुई स्वतन्त्र सभासद् सहभागी छन् ।

एमाओवादी र राप्रपा नेपाललगायतका दलहरुले सरकारमा सहभागी नहुने र समर्थन पनि नगर्ने निर्णय गरिसकेको अवस्थामा सर्वदलीय सरकार गठन हुने सम्भावना भने छैन ।

राष्ट्रपति रामवरण यादवले १९ माघसम्म सर्वदलीय सरकार गठनका लागि दलहरुलाई म्याद दिएका छन् । त्यतिञ्जेल सरकार गठन हुन नसकेमा राष्ट्रपतिले बहुमतको  सरकार गठनका लागि आह्वान गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>