थप समाचारबुधबार, माघ १५, २०७०
बारामा तस्कर र प्रहरीबीच झडप
बाराको मुसहर्वामा भन्सार छलेर भारतबाट कपडा भित्र्याउँदै गरेका तस्करहरुलाई प्रहरीले रोक्न खोज्दा तस्करहरु जाइलागेपछि प्रहरीले गोली चलाएको छ ।
दुई वटा साइकलमा राखेर ल्याउँदै गरेको कपडालाई ड्यूटीमा तैनाथ प्रहरीले रोक्ने प्रयास गर्दा तस्करहरुको समूह प्रहरी माथि जाइलागेको थियो । तस्कहरुसँग तानातान हुँदै गर्दा नजिकैको गाउँबाट चालिस पचास जनाको सँख्यामा जम्मा भएको भीडले प्रहरीमाथि आक्रमण गरी कपडा खोस्न थालेपछि भीडलाई तितर–बितर पार्न दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले तस्करी नियन्त्रणमा प्रहरीले कडाई गर्न थालेपछि तस्करहरु प्रहरी माथि नैं खनिएको बताए ।
झडप लगत्तै घटना स्थलमा पुगेको प्रहरीको थप टोलीले डेढ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ ।
श्याम गुप्ता, बारा
