थप समाचारबुधबार, माघ १५, २०७०
संसदमा चार अध्यादेश पेस
गृहमन्त्री माधवप्रसाद घिमिरेले १५ माघ विहान बसेको व्यवस्थापिका संसदको बैठकमा सुपुर्दगी अध्यादेश २०६९, पूर्व पदाधिकारीहरुको सुविधा तथा सुरक्षासम्बन्धी अध्यादेश २०६९, सङ्गठित अपराध निवारण अध्यादेश २०६९ र नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०६९ पेस गरेका छन् ।
व्यवस्थापिका संसदको अर्को बैठक १९ माघ बिहान ११ बजे बस्नेछ । यसअघि संसदको १३ र १४ माघमा बसेको बैठकमा ११ वटा अध्यादेश पेस भइसकेका छन् ।
रासस
