समाचारबुधबार, माघ १५, २०७०

तत्काल डिन नियुक्ति गर्न सरकारको निर्देशन

हिमालखबर

सरकारले प्राडा गोविन्द केसीको सातबुँदे माग संबोधनको क्रममा भएका सहमतिहरु तत्कालै कार्यान्वयन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले केसीको अनशन तोडाउने क्रममा सरकारी वार्ता टोलीसँग भएको सहमति कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

सिंहदरबारमा १५ माघमा बसेको मन्त्रिपरिषद बैठकले वार्ता टोलीको सिफारिश बमोजिम संस्थानमा वरिष्ठताको आधारमा तत्कालै डिन नियुक्ति गर्न निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री माधव पौडेलले जानकारी दिए । उनले डिन नियुक्ति गर्न शिक्षा मन्त्रालयमार्फत् सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए ।

चिकित्सा विज्ञानसम्बन्धी छुट्टै विश्वविद्यालय गठन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न सहमति भएबमोजिम कार्यदल गठन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको प्रवक्ता पौडेलले जानकारी दिए । बैठकले नयाँ मेडिकल कलेजहरूलाई सम्बन्धन दिने सम्बन्धमा मुलुकमा चिकित्सा विज्ञानसम्बन्धी जनशक्तिको आवश्यकता, भौगोलिक अवस्थिति, सन्तुलित विकाससमेतलाई मध्यनजर गरी यथाशीघ्र राष्ट्रिय मापदण्ड बनाई सिफारिस गर्न एक उच्चस्तरीय कार्यदल गठन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्राडा केसीसँग भएको सहमति कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयमा लेखी पठाउने निर्णय भएको प्रवक्ता पौडेलले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>