समाचारआइतबार, साउन २१, २०६९

ओलीको भारत भ्रमण उपलब्धिमूलक भएको एमालेको ठहर

हिमालखबर

पार्टी कार्यालय बल्खुमा २१ साउनमा बसेको स्थायी समिति बैठकले ओलीको भ्रमणलाई उपलब्धिमूलक भएको ठहर गरेको सचिव शंकर पोख्रेलले जानकारी दिए ।

उपलब्धिमूलक भनिएपनि भ्रमण कसरी र किन उपलब्धिमूलक भएको भनेर एमालेले प्रष्ट पारेको छैन । बैठकले सरकार विरुद्ध आन्दोलन चर्काउने निर्णय समेत गरेको छ । सत्तारुढ दल सहमतिका लागि तयार नभएको निष्कर्ष निकाल्दै एमालेले आन्दोलन सशक्त पार्ने निर्णय गरेको हो । एमाले सचिव शंकर पोख्रेलले एनेकपा माओवादी र मधेशवादी दल आफ्नै अडानमा रहेकाले आन्दोलनको विकल्प नभएको बताए । उन्ले भने, “उनीहरु सहमतिका लागि तयार हुने लक्षण नदेखिएकाले आन्दोलनमा नै जाने निष्कर्ष निकालेका छौं ।”

एमालेले राजनीतिक सहमतिका लागि पार्टीको भूमिका अझै सशक्त हुनुपर्नेमा पनि जोड दिएको छ । राजनीति सकारात्मक दिशामा अघि नबढेको ठहर गर्दै एमालेले पार्टीको भूमिका अझै सशक्त बनाउने निर्णय गरेको पोख्रेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>