समाचारबिहीबार, माघ १६, २०७०

गस्ती टोली र तस्करबीच गोली हानाहान

हिमालखबर

सर्लाहीबाट रौतहटको बलेरी जंगलमा प्रवेश गरेका तस्करले रुख काट्न थाले पछि १६ माघ बिहान गोली हानाहान भएको हो । तस्करले बिहानै रुख काट्न थाले पछि जिल्ला वन कार्यालयको गस्ती टोलीले गोली चलाएको थियो ।

तस्करहरु फायरिङ गर्दै सर्लाहीतर्फ भागेको जिल्ला वन कार्यालयले जनाएको छ । टोलीले १५ राउन्ड गोली चलाएको रेन्जर अशोक जयसवालले जानकारी दिए ।

कार्यालयले गोलीसहित एक जना तस्करलाई भने पक्राउ गरेको छ । भाग्ने क्रममा सर्लाही हजरिया–९ का शम्भु पासवान पक्राउ परेका हुन् । पासवानका साथबाट तीन राउन्ड गोली, तीन थान आरा र चारवटा साइकल बरामद गरिएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>