समाचारशुक्रबार, माघ १७, २०७०

पूर्व प्रधानन्यायाधीश उपाध्यायको निधन

हिमालखबर

बाँसबारीस्थित नेसनल इन्स्टिच्युट अफ न्युरोलजिकल एन्ड एलाइड साइन्स (न्यूरो अस्पताल) मा उपचाररत पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायकको १६ माघ राति निधन भएको अस्पतालले जनाएको छ । उपाध्याय २०४७ सालको संविधान मस्यौदा समितिका अध्यक्ष थिए ।

८४ वर्षीय उपाध्यायलाई मस्तिष्कघात (ब्रेन ह्यामरेज) भएपछि ११ माघमा अस्पताल भर्ना गरिएका थिए । उनको उपचार बरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको टोलीले गरेको थियो ।

उपाध्यायको मस्तिष्कमा रगत जमेको र जमेको रगत हटाउन आकस्मिक शल्यक्रिया समेत गरे पनि उमेरको कारण ठूलो स्तरको शल्यक्रियालगायतका थप उपचारमा कठिनाइ भएको अस्पतालले यसअघि जनाएको थियो ।

पछिल्लो समय चेतना शक्ति ह्रास हुँदै गएर उनी अचेत थिए । उपाध्यायका ४ छोरा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>