थप समाचारशुक्रबार, माघ १७, २०७०
बस दुर्घटनामा ३ को मृत्यु, ४० घाइते
१७ माघमा सिन्धुलीको झाँगाझोली रातमाटेबाट खोटाङ हलेसी महादेव दर्शनका लागि जाँदै गरेका तीर्थयात्रु बोकेको बा २ ख ७०६३ नम्बरको बस ओखलढुंगाको थाक्ले–८ सोक्माटारमा १७ माघ साँझ दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीका अनुसार दुर्घटनामा परी सिन्धुली झाँगाझोली रातमाटेका ६३ वर्षीय विष्णुबहादुर श्रेष्ठ, सोही स्थानकी सावित्रीमाया श्रेष्ठ र अर्का एकजना नाम नखुलेका यात्रुको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि काठमाडौं पठाउने तयारी भैरहेको पनि अधिकारीले बताए ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । दुर्घटनाको कारण पनिे खुल्न नसकेको उपरीक्षक अधिकारीले बताएका छन् ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु
