समाचारशुक्रबार, माघ १७, २०७०
एमालेमा दस्तावेज लेख्ने जिम्मा गौतमलाई
एमालेको १७ माघमा बसेको स्थायी कमिटी बैठकले उपाध्यक्ष गौतमको संयोजकत्वमा २५ सदस्यीय दस्तावेज मस्यौदा कमिटी गठन गरेको हो । पार्टीको राजनीतिक तथा वैचारिक दस्तावेजलाई एकीकृत रुपमा समेटेर प्रस्तुत गर्न गौतम नेतृत्वमा रहेको कमिटीले काम गर्नेछ ।
कमिटीमा उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिवत्रय विष्णु पौडेल, युवराज कार्की तथा शंकर पोख्रेल लगायत छन् । ‘जनताको बहुदलीय जनवाद’ बारे पार्टीभित्र हालसम्म उत्पन्न वैचारिक बहसलाई समेटेर राजनीतिक दस्तावेज तयार गर्ने एमालेको तयारी छ ।
स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीमा लगिने सचिव शंकर पोख्रेलले जानकारी दिए । एमालेले ९ बैशाख २०७१ मा राजधानीमा महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।
