समाचारशुक्रबार, माघ १७, २०७०
नेपालले काठमाडौं र गौतमले बर्दिया छाड्ने
काठमाडौं र रौतहटबाट विजयी माधवकुमार नेपालले काठमाडौं क्षेत्र नम्बर–२ छाड्ने भएका हुन् । रौतहट–१ बाट पनि विजयी नेपालले काठमाडौंको क्षेत्र नै छाड्ने भएका हुन् ।
बर्दिया र प्युठानबाट विजयी बामदेव गौतमले भने बर्दिया क्षेत्र नम्बर–१छाड्ने भएका हुन् । उनी प्यूठान–१ बाट पनि संविधानसभामा विजयी भएका थिए ।
१७ माघमा बसेको स्थायी कमिटी बैठकले दुवै नेताले छाड्ने निर्वाचन क्षेत्रको टुंगो लगाएको हो । रिक्त क्षेत्रमा निर्वाचन आयोगले पुनः निर्वाचन गराउनेछ ।
