समाचारशनिबार, माघ १८, २०७०

‘श्राद्ध’ गर्दै भुषालले मौन अनसन तोडिन

हिमालखबर

६ माघदेखि आमरण अनसनमा बसेकी महोत्तरीकी भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुषाल झाले ‘देशमा सरकार, न्यायपालिका र व्यवस्थापिका मरिसकेकोले अनसनको अर्थ नभएको’ भन्दै १३ औं दिनको श्राद्ध समेत गरी अनसन तोडेकी छन् ।

१३ दिनको अनसन तोड्नुअघि झाले प्रधानमन्त्री निवास बालुवाटारको गेट अगाडि न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको ‘श्राद्ध’ गरिन् । अनसन तोडेपछि सम्बोधनका क्रममा बेहोस भएकी झालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

उनले कापाल खौरिएर सेतो कपडामा ६ माघदेखि काठमाडौंको खुलामञ्जमा मौन आमरण अनशन शुरु गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>