थप समाचारआइतबार, माघ १९, २०७०

ठोरीमा भारतीय सुरक्षाकर्मीको अवरोध

हिमालखबर

भन्सार क्षेत्रमा निर्माण भइरहेको माइती नेपालको बिटमा हतियार सहित आएका एसएसबीले अवरोध पुर्‍याएका हुन् । १८ माघमा हतियार सहित आएका एसएसबीले अवरोध गरे पछि ठोरीका स्थानीयबासिन्दाले प्रतिकार गरेका थिए ।

स्थानीयले प्रतिकार गरे पछि सीमा क्षेत्र तनाबग्रस्त बनेको थियो । माइती नेपालको बिट निर्माण भइरहेको स्थल भारतीय भूमिमा पर्ने भन्दै एसएसबीले अवरोध गरेका थिए ।

एसएसबीको अवरोध पछि पर्साका प्रहरी प्रमुख धिरजप्रताप सिंहले निर्माण भइरहेको बिट तत्कालका लागि रोक्न निर्देशन दिएको जानकारी दिए । उनका अनुसार त्यस बारेमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावाससँग छलफल भइरहेको छ ।

ठोरी नाकाबाट नेपाली चेलीबेटीको बेचखिन बढी हुने भेटिएकाले त्यहाँ बिट स्थापना गर्न लागिएको माइती नेपालले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>