समाचारआइतबार, माघ १९, २०७०

अधिकारी दम्पत्तीको माग संसदमा

हिमालखबर

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत अधिकारी दम्पत्तीको बारे संसद बैठकमा सरकारको ध्यानाकर्षण गराइएको हो । १९ माघमा बैठक शुरु भएलगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले अधिकारी दम्पत्तीको मागमा सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संसदमा समय मागेर थापाले सय दिनदेखि अनशनरत गोरखाका अधिकारी दम्पत्तीको जीवन रक्षा र दोषीमाथि कारबाही हुनुपर्ने बताए । उनले भने, “अनशनरत अधिकारी दम्पत्तीको माग बारे सरकारले चाँडोभन्दा चाँडो सदनलाई स्पष्ट जवाफ दिनुपर्छ ।”

बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सरकारको ध्यानाकर्षण भएको जानकारी दिए  । २०६४ सालमा माओवादीद्वारा हत्या गरिएका आफ्ना छोराका हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पत्ती राजधानीस्थित वीर अस्पतालमा अनशनरत छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>