थप समाचारआइतबार, माघ १९, २०७०
पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना
३ जेठ २०६४ मा तत्कालीन माओवादीले गोरखा नगरपालिका– १ स्थित गोरखा संग्राहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेको थियो । पुरातत्व विभागको पहलमा १९ माघमा सोही स्थानमा शालिक पुनःस्थापना गरिएको छ ।
नयाँ शालिक निर्माणमा करिब १० लाख रुपियाँ खर्च भएको छ ।
नेपाल एकीरणको थालनी गरेका पृथ्वीनारायण शाहको पुर्ख्यौली गोरखा रहेकाले इतिहासलाई कायम राख्न गोर्खालीले शालिक संरक्षणमा जोड दिनुपर्ने स्थानीयले बताएका छन्।
