समाचारसोमबार, माघ २०, २०७०

छोरीमैयाँको मुद्दामा सुनुवाई हुँदै

हिमालखबर

दुई वर्षदेखि बेपत्ता काठमाडौंकी महर्जन मुद्दाको अन्तिम सुनुवाई हुने भएको हो । लामो समयदेखि पेसी नचढेको महर्जन मुद्दाको जिल्ला अदालतले २० माघका लागि पेसी तोकेको छ ।

यसअघि २० भदौमा फैसला हुने भनिएको थियो । परिवार, मानवअधिकारकर्मी लगायतले दबाब दिँदै आए पनि फैसला सुनाउन ढिलाई गरिएको थियो ।

अदालतको अब चाँही फैसला गर्ला भन्ने आश पलाएको महर्जनकी छोरी सुधाले हिमालखबरसँग बताइन् । महर्जन १६ फागुन २०६८ देखि बेपत्ता छिन् ।

छोरीमैयाँलाई निक्की भनिने उनकै साथि सुरक्षा सिंहले बेपत्ता बनाएको अभियोगका साथ महर्जन परिवारले २९ चैत २०६८ मा किटानी जाहेरी दिएको थियो । तर, जिल्ला अदालतका न्यायाधीश बालकृष्ण उप्रेतीले धरौटीमा निक्कीलाई छाड्ने आदेश दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>